प्रविधि

औपचारिक रुपमा टिकटक संचालनमा ल्याउन नेपाल सरकारलाई टिकटकको पाँच बुँदे पत्र

कामठाडौं । टिकटकले नेपाल सरकारलाई औपचारिक रुपमा नेपालमा टिकटक संचालन गर्न आग्र्रह गरेको छ । सोमबार टिकटक कम्पनिले नेपाल सरकारले औपचारिक रुपमा टिकटकमाथि लगाएको प्रतिबन्द हटाउन पाँच बुँदे पत्र पठाउँदै यस्तो आग्रह गरेको हो ।

टिकटकका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एक पत्र पठाउँदै ५ क्षेत्रमा प्रतिबद्धता व्यक्त गरेका हुन्। सञ्चारमन्त्री रेखा शर्मालाई सम्बोधन गरी नेपाल सरकारलाई पठाएका पाँच बुँदामाका आधारमा विचार गरेर नेपालमा औपचारिक रुपमा नै टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन टिकटकले नेपाल सरकारलाई आग्रह गरेको छ ।

कार्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा औपचारिक रुपमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै नेपालमा अहिले टिकटक चलाउन प्रतिबन्ध लगाइएको थियो । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेको भन्दै नेपाल सरकारले टिकटक बन्द गरेको हो ।

नेपालमा टिकटकमाथि औपचारिक रुपमा लगाइएको प्रतिबन्ध हटाउन टिकटकले नेपाल सरकारलाई पठाएका प्रतिबद्धताका पाँच बुँदा यस्ता छन् :

१. नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध छौँ

२. यसका विषयवस्तुसँगको ध्यानाकर्षणलाई सम्बोधन गर्न प्रत्यक्ष रिपोर्टिङको पहुँच प्रदान गर्छौँ र एक समर्पित फोकल प्वाइन्ट उपलब्ध गराउँछौँ

३. टिकटकमा राखिने विषयवस्तुको जाँच र नियमन बढाउन अझै धेरै नेपाली बोल्ने स्रोतहरु राख्नेछौँ

४. राष्ट्रव्यापी रुपमा इन्टरनेट सुरक्षा र डिजिटल शिक्षा अभियान कार्यक्रम गर्नेछौँ

५. हाई स्कुल र कलेज विद्यार्थीका लागि शैक्षिक नतिजामा सुधार ल्याउन शैक्षिक विषयवस्तुलाई डिजिटलीकरण गर्नेछौँ

टिकटकले मन्त्रालयलाई लेखेको पत्रमा प्रयोगकर्ता र आफ्नो प्लेटफर्मको सुरक्षामा आफ्नो विशेष ध्यान रहेको उल्लेख छ। यसका लागि कम्पनीले ग्लोबल फ्रेमवर्क ‘कम्युनिटी गाइडलाइन’ बनाएको र त्यसको कार्यान्वयन गरिरहेको उल्लेख गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *