प्रविधि

नेपालीले अब भारतीय सीमकार्ड पनि पाउने

काठमाडौं । नेपालीहरुले र भारतमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल एक्समार्फत् यो जानकारी दिएका हुन् ।

उनका अनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।

Dr. Shankar P Sharma
@DrShankarSharma
·अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइदैन थियो।

राजदुतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो!

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *