
काठमाडौं।सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतका नवनिर्वाचित संसदीय समितिका सभापतिको बैठक बोलाएका छन् ।
सभामुख घिमिरेले बुधबार बिहान ११ बजे संसद् सचिवालय सिंहदरबारमा कानुन समितिको हलमा नवनिर्वाचित सभापतिसँग छलफल कार्यक्रम राखेका हुन् ।
समितिको काम कारबाहीसहित विषयमा छलफल हुने जनाउँदै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने,‘समितिका सभापति निर्वाचित भएपछि सभामुखले उहाँहरूसँग छलफल गर्न खोज्नु भएको हो ।’