राजनीति

गाजामा भएको आक्रमणको एमालेद्वारा निन्दा र भर्त्सना

काठमाडौँ । नेकपा एमालेले गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्सर्ना गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा ÷ आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले एमाले स्तब्ध भएको समेत बताएका छन् ।

‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ’, अध्यक्ष ओलीले भनेका छन्, ‘हामी यस आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ ।’

नेकपा (एमाले) शान्तिको पक्षमा रहेको र जुनसुकैखाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्ने सो पार्टीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *