खेलकुद

न्यूजील्याण्डविरुद्ध अफगानिस्तानले टस जित्यो

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र अफगानिस्तानबीच खेल हुदै छ । भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यो खेलमा अफगानिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

अफगानिस्तानका कप्तान हशाम्तुल्लाह शहिदीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै यस खेलमा न्यूजील्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी क्रिकेट विश्वकपमा न्यूजील्याण्डले आफ्ना शुरुका तीन खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ भने अफगानिस्तानले तीन खेलमा एक जित र एक हार बेहोरेको छ ।

न्यूजील्याण्डले पहिलो खेलमा इङल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसलाई ९९ रनले र तेस्रो खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो । त्यसैगरी अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटको र दोस्रो खेलमा भारतसँग ८ विकेटको हार बेहोरेको थियो । त्यसैगरी तेस्रो खेलमा अफगानिस्तानले इङल्याण्डलाई स्तब्ध पार्दै ६९ रनको जित हासिल गरेको थियो ।

न्यूजील्याण्ड र अफगानिस्तानबीच अहिलेसम्म केवल दुई एकदिवसीय खेल भएका छन् भने दुवै विश्वकपमा भएका हुन् । न्यूजील्याण्डले २०१५ र २०१९ मा खेलेका यी दुवै खेल जितेको थियो ।

यस खेलमा न्यूजील्याण्डका नियमित कप्तान केन विलियम्सन घाइते भएपछि उनको ठाउमा टम लाथमले कप्तानी गर्दैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *