बागमती प्रदेश

कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा लम्साल नियुक्त

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साललाई नियुक्त गरिएको छ । संसदीय दलका नेता बहादुरसिं लामाले गत असोज १ गते संसदीय दलको सचेतकमा लम्साललाई नियुक्त गरेका हुन् ।

लम्साललाई सचेतकमा असोजमा नियुक्त गरिए पनि सार्वजनिक भए गरिएको थिएन । नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा (१) बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।

लम्साल २०७९ मङ्सिरमा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *