
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले भिल्ला रियललाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले भिल्ला रियललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा एक्सेल विसेल, एन्टोनी ग्रीजम्यान र साम्युएल लिनोले एक एक गोल गरेका थिए । त्यसैगरी भिल्ला रियलका लागि जेरार्ड मोरेनोले एक गोल फर्काएका थिए ।
यो जितपछि एटलेटिको म्याड्रिडको १२ खेलमा २८ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यसैगरी भिल्ला रियलको भने १३ खेलमा १२ अंक रहेको छ र लिगमा १४औं स्थानमा झरेको छ ।