काठमाडौं। मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि आह्वान गरिएको बागमती प्रदेश सभाको बैठक अनिश्चित बनेको छ ।
दिउँसो १ बजेका लागि आह्वान गरिउको बैठकमा २ सांसद नगएपछि बैठक अनिश्चित बनेको हो । प्रदेश सभा सदस्यहरु सरिता खड्गी र रमा आले बैठकमा गएका छैनन् । हानेपाकी सांसद खड्गी सुत्केरी बिदामा बसेकी छन् भने नेकपा एकीकृत समाजवादीकी सांसद आले काठमाडौंमै रहेकी छन् ।
प्रदेशसभा बैठकमा सहभागी हुन एकीकृत समाजवादीकी एक सांसद भने नगएपछि बैठक सुरु हुन ढिलाइ भएको छ । खड्कीका साथै समाजवादीकी रमा आले मगर समेत अनुपस्थित भएमा सत्ता गठबन्धनलाई विश्वासको मतका लागि बहुमत पुग्दैन ।