राजनीति

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरोको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा पार्टीको आशन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ । बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *