
काठमाडौं । भारत सरकारले अहिले प्रचलनमा रहेको सबैभन्दा धेरै मूल्य अंकित कागजी नोट अर्थात् २ हजार रुपयाको नोट सर्कुलेशनबाट झिक्ने घोषणा गरेसँगै भारतमा सुन किन्नेको ओइरो लागेको छ ।
आफूसँग भएको नोट साट्नका लागि सर्वसाधारणहरुसँग यही वर्षको सेप्टेम्बर ३० सम्मको म्याद छ । बैंकले सबै नोट एकै चोटी साट्दैन । थोरै थोरै गरेर कहिले साटिनु । थोरै पैसा हुनेलाई त पिर भएन विस्तारै सकिहाल्छ । अवैध रुपमा कमाएको वा स्रोत नखुलेको कमाई घरमा राखेकाहरुलाई नोट पत्रु बन्ने त्रासले खाएको छ । वैध रुपमा कमाएकाहरुले पनि नोट नसाटिएर खेर जाने हो कि भन्ने भय छ ।
यस्तोमा उनीहरुले पनि खर्च गर्ने अनेकौं तरिकाहरु अपनाउन थालेका छन् । सप्ताहन्तमा भएको निर्णयपछि शनिवार मुम्बईको सुन बजारमा यस्ता मानिसको भीड बढेको थियो । माग थेग्न नसकेपछि पसलेहरुले प्रिमियम लिएर २ हजारको नोटमा सुन बेचेका थिए । आधिकारिक बजारमा जीएसटी सहित प्रति १० ग्राम ६३ हजार ८०० रुपया रहेको सुन गैरआधिकारिक बजारमा ६७ हजार रुपयामा विक्री भएको थियो ।
शुक्रवार साँझ नोट रद्द हुने घोषणा भएयता सुन बजारमा प्रिमियम बढेको छ । २ हजारको नोटको चलनचल्ती बन्द गर्ने घोषणाको असर पहिलो दिनमै देखिएको थियो । शनिवार सराफा बजारमा पनि सुनको भाउ बढेको थियो । बजारमा शनिवार सुनको भाउ फेरिँदैन । तर अघिल्लो दिन प्रति दश ग्राम ६१ हजार २०० रहेको सुनको भाउ शनिवार ६२ हजार १०० मा पुगेको थियो । चाँदीको मूल्य पनि बढेको थियो ।
सन् २०१६ मा पनि अमौद्रिकीकरणको समयमा सुन किन्नेका ताँती थेग्न नसकेर कयौं गहना विक्रेताहरुले २४ सैं घन्टा पसल खोलेर बसेका थिए । २ हजारको नोट कसरी तह लगाउने भनेर त्यति बेलाको जस्तै अहिले पनि मानिसहरुले नयाँ नयाँ उपायहरु सोच्न थालेका छन् ।
वित्तीय संस्थाको लकरहरुमा राखिएको पैसा झिकेर मानिसहरुले सीमापारको कालो बजारमा डलर वा यूरो किन्न चलाइरहेका छन् । कोही आफूसँग भएको नोट मन्दिर वा अन्य परोपकारी संस्थामा दान दिनेतिर लागेको पनि खबरहरु आइरहेका छन् । सुरतमा बिलासी बस सञ्चालकले ६ लाखको कर तिर्न २ हजार रुपयाको नोट चलाएको भन्दै भास्कर दैनिकको अनलाइन संस्करणमा समाचार छापिएको थियो ।
समाचारका अनुसार पेट्रोल पम्ममा इन्धन हाल्न आउनेहरुले २ हजारको रुपयामा भुक्तानी गर्ने क्रम बढेको छ । बैंकहरुले मंगलवारदेखि २ हजार रुपयाको नोट साटिदिन थाल्नेछन् । तर एक पटकमा २० हजार रुपया मात्रै साटिनेछ । एजेन्सीहरु