विश्व

विपक्षी दलको बहिष्कारका बाबजुद मोदीले गरे नयाँ संसद भवनको उद्घाटन

नयाँदिल्ली । भारतका विपक्षी दलले समारोह बहिष्कार गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन गरेका छन् ।

नयाँ संसद भवनको उदघाटन राष्ट्रपतिले गर्नु पर्ने बिपक्षीको आग्रहलाई अस्विकार गर्दै प्रधानमन्त्री मोदीले आइतबार बिहान उदघाटन गरेका हुन । तर, मोदीको बिपक्षीको आग्रह अस्विकार गरेकोमा प्रतिपक्ष दलले सरकारको आलोचना गरिरहेका छन् ।

प्रतिपक्ष दलहरुले हिन्दुत्व विचारधारा वीडी सावरकरको जन्मजयन्तीको अवसरमा संसद भवन उदघाटन गर्ने निर्णयको पनि निन्दा गर्दै आएका छन् । तर, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बिपक्षीको बहिष्कारलाई भने ‘लोकतन्त्रको अनादर’ भनेको छ ।

नयाँ संसद भवन राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर करिडोरको विकास गर्ने सरकारको महत्वाकांक्षी परियोजनाको एक हिस्सा हो ।

नयाँ भवनको उद्घाटन गर्दै मोदीले भारतको स्वतन्त्रताको ७५ वर्ष पछि सो संघर्षमा ज्यान गुमाएका प्रति श्रद्धांजलि ब्यक्त गरेका छन् भने ७५ रुपैयाँको नयाँ सिक्का पनि अनावरण गरेका छन् । नयाँ चार तले भवन अनुमानित ९.७ बिलियन रुपैयाँमा निमार्ण भएको हो ।

लोक सभा कक्षलाई भारतको राष्ट्रिय चरा मयूरको जस्तै डिजाइन गरिएको छभने तल्लो सदन अर्थात राज्यसभा कक्षलाई भारतको राष्ट्रिय फूल कमलसँग मिल्दोजुल्दो बनाउन डिजाइन गरिएको छ ।

गत बुधबार प्रमुख प्रतिपक्षी कांग्रेस सहित १९ दलले उद्घाटन समारोह बहिष्कार गर्ने सामुहिक निर्णयको घोषणा गरेका थिए । उनीहरुले नयाँ संसद भवन राष्ट्रपतिवाट उदघाटन गराउनु पर्ने माग राखेका थिए । तर, बिपक्षीको माग सम्बोधन नगरी प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ संसद भवनको उदघाटन गरेका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *