विश्व

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

नयाँ दिल्ली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी-२० शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका अमेरिकी राष्ट्रपति बाइडेनसँग शुक्रबार साँझ मोदीले प्रधानमन्त्री कार्यालयमा द्विपक्षीय भेटवार्ता गरेका हुन्।

उनीहरूबीच भारत र अमेरिकाबीचको द्विपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको बीबीसीले जनाएको छ। दुई देशबीचको सम्बन्ध अझ मजबुद बनाउँदै लैजाने उनीहरूले प्रतिवद्धता जनाएका थिए।

नयाँ दिल्लीमा शनिबारदेखि दुई दिन जी-२० शिखर सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा विभिन्न देशका राष्ट्रप्रमुख एवं प्रतिनिधिहरू सहभागी हुँदैछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *