विश्व

भियतनाम : आगलागीमा ५६ जनाको मृत्यु भएको प्रहरीद्वारा पुष्टि

हनोई। भियतनामको राजधानी हनोईस्थित एक आवासीय भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ ।

भियतनामको २० वर्षयताकै सबैभन्दा घातक आगलागी स्थानीय समयअनुसार मङ्गलबार मध्यरातअघि १० तले भवनको पार्किङ फ्लोरमा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

हनोई प्रहरीविभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।”
मृत्यु हुनेमा कम्तीमा तीन जना बालबालिका रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

आगो नियन्त्रण सम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा अपार्टमेन्टका मालिकलाई पक्राउ गरिएको हनोई प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *