विश्व

चीनमा माछा मार्ने प्रतियोगिता : २१ देशका ९०० बढी प्रतिस्पर्धी

काठमाडौं । दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तस्थित नान्चोङ सहरको नान्बु काउन्टीमा माछा मार्ने अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको छ । आइतबारदेखि सुरु प्रतियोगिताको यो १२औं संस्करण हो ।

शेङझोङ तालमा जारी प्रतियोगिता चार दिनसम्म चल्नेछ । प्रतियोगितामा २१ देशका ९०० भन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाउने छन् । चीनको हुनान प्रान्तका सहभागी मि पेङले माछा मार्नु रमाइलो हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *