अर्थ

दुई सयले घट्यो सुनको मूल्य

काठमाडौं । साता कारोबारको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, नेपाली बजारमा चाँदीको मूल्य १२ सय ४३ रुपैयाँमा कारोबार भैरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *