अर्थ

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छुट्न् अदालतकाे आदेश

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छोड्न जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले सोमबार जोशीलाई सो सहकारी ठगी प्रहरणमा ५० लाख धरौटीमा छोड्न आदेश दिएको हो । अब रवि जस्तै छवि जोशी पनि अदालतले तोकेको रकम बुझाएर रिहा हुनेछन् ।

जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

३९ जनालाई प्रतिवादी बनाउँदै दायर भएको सो स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्धामा सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर यसअघि नै रिहा भएका थिए । सो सहकारी ठगी प्रकरणमा स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । लामिछानेसहित जोशीलाई पनि अझै तीन जिल्लामा सहकारी ठगी प्रकरणमा अनुसन्धान हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *