देश

विद्या भूषणबाट ९६२ जना विभूषित (नामावली सहित)

काठमाडौं । सरकारले राष्ट्रिय शिक्षा दिवस–२०८० का अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विभूषित गर्दैछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी जानकारी दिएको हो ।
त्यस्तै सोही अवसरमा सरकारले सरकारी विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाहरूलाई पनि पुरस्कृत गर्दैछ ।

२०७९ सालको माध्यमिक शिक्षा उतीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पसलाई पुरस्कृत गर्न लागिएको हो ।

सार्वजनिक विद्यालयतर्फ देशभरबाट ३ वटा विद्यालय छनौट भएका छन् । जसमा श्री कमला माध्यमिक विद्यालय, मैनी, दुधौली–११, सिन्धुली, श्री कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास, कमलामाई–४, सिन्धुली र श्री नारायण माध्यमिक विद्यालय, रुमाल गाँउ, कुमाख –२, सल्यान रहेका छन् ।

निजी लगानीका विद्यालयतर्फ पनि ३ वटा विद्यालय छनौट भएका छन् । जसमा श्री प्रसादी एकेडेमी माध्यमिक विद्यालय, तफाल्होः, ललितपुर–५, सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौं, बूढानीलकण्ठ स्कूल, नारायणस्थान, बूढानीलकण्ठ रहेका छन् ।

प्राविधिक शिक्षालयतर्फ कोरिया नेपाल बहुप्राविधिक शिक्षालय,रूपन्देही, मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा मोरङ, लाईफ लाइन अस्पताल प्रालि, दमक झापा, आदर्श माध्यमिक विद्यालय, विराटनगर, मोरङ पुरस्कृत हुँदैछन् ।

उनीहरुलाई प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सम्मान गर्न लागिएको हो ।

त्यस्तै क्याम्पसतर्फः पुल्चोक क्याम्पस ललितपुर, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, रूपन्देही, काठमाडौं मोडेल कलेज, बागबजार, काठमाडौं रहेका छन् । समाज कल्याण शिक्षा पुरस्कारतर्फ एसओएस बालग्राम, मध्यपुर ठिमी–२, भक्तपुर, कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर–४, सुर्खेत पुरस्कृत हुँदैछन् ।

विभूषित हुनेहरूको नामावली:

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *