देश

पूर्वडीआईजी छविलाल काठमाडौं अदालतमा हाजिर

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्

छुनछेक बहसका लागि छवि आइतबार अदालत उपस्थित भएका हुन् । जोशीको बयान तथा थुनछेक बहस न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा परेको छ ।

यसअघि सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा कास्की अदालतले छविलाई ८८ लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । जोशी गोर्खा मिडियाका पूर्वप्रवन्ध निर्देशक हुन् । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि भने स्वर्णलक्ष्मी सहकारीको मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *