आज पत्रपत्रिकामा फरक फरक विषय रसन्दर्भले स्थान पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमाथी सबैले समाचार बनाएका छन् ।
अन्नपूर्ण पोस्ट्ले नीतिगत भ्रष्टाचार मौलाउँदै शिर्षकमा मुख्य समाचार लेखेको छ । भने नक्कली भ्याट बिल प्रकरणः भाटभटेनीले ८० करोड छल्यो शिर्षकमा अर्को खबर छापेको छ । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गरेको छ । राजस्व न्यायाधीकरणबाट भएको फैसला सदर गर्दै सर्वोच्चले सोमबार उक्त निर्णय सुनाएको हो । भाटभटेनीले मूल्य अभिवृद्धि कर छली र त्यसका आधारमा आयकर समेत छली गरेको आधारमा ८० करोड रुपैयाँ राजस्व निर्धारण भएको थियो ।
त्यस्तै मुसर्रफको मृत्युदण्ड सजाय रद्द भएको अर्को समाचार छ ।
नेपाल समाचार पत्रमा सूचनाप्रविधि विधेयक विरुद्ध अदालत जाने चेतावनी सरोकारवालाहरुले दिएको समाचारमा उल्लेख छ ।
कान्तिपुरले एंकर न्युजमा जब गोठबाट सर्प निस्कियो शिर्षकमा पहिलो पृष्ठको पुच्छारमा समाचचार लेखेको छ । अछाममा पुस ९ गतेदेखि प्रहरी, प्रशासन, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा छाउगोठ झत्काउन थालियो । अभियान जिल्लाभर चलेपछि मंगलसेन नगरपालिका–८ की धनसरा खनाललाई लाग्यो–अब आफ्नो छाउगोठ पनि भत्काउनुपर्छ । स्थानीय जनप्रतिनिधि, प्रहरी पुग्नुअघि नै उनले गोठ भत्काउने निधो गरिन् । जब उनी भत्काउन लागिन्, त्यहीबेला गोठबाट सर्प निस्कियो । ‘दुई दिनअघि मात्रै म त्यही गोठमा बसेकी थिएँ । प्रहरीले भत्काउनु नभनेको भए अर्को पटक पनि त्यही बस्थे,’ उनले भनिन्, ‘धन्न मेरो ज्यान जोगियो ।
कान्तिपुरले पनि भ्याट छलीमा भाटभोटनी सुपरमार्केटसहित ५ ठुला कम्पनीले राजस्व छली गरेको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले एक दशकअघिको बहुचर्चित यो प्रकरणको अनुसन्धान र कर निर्धारणलाई न्यायिक रूपमा सदर गरेको हो । यो खबर नागरिक दैनिक र काराेबार दैनिकले पनि मुख्य बनाएका छन्।