ताजा समाचार

चीनबाट नेपालीहरुलाई स्वदेश फर्काएपछि १४ दिनसम्म निगरानीमा राखिने

आजका पत्रपत्रिकामा फरक फरक विषयबस्तुले स्थान पाएका छन् । सबै पत्रिकामा कोरोना भाइरसकमै चर्चा छ भने चीनको हुवेबाट नेपाल फर्काइन लागेकाहरुलाई कहाँ कसरी राख्ने भन्नेबारे चासो पनि सबै पत्रिकाले व्यक्त गरेका छन् ।

कान्तिपुरले चीनबाट ल्याएपछि १४ दिन निगरानीमा शिर्षकमामुख्य समाचार छापेको छ । काराेना भाइरसबाट बढी प्रभावित हुबे राज्यबाट नेपाल फर्कन चाहने नेपालीहरूलाइ नेपाल ल्याएपछि १४ दिनसम्म निगरानीमा राखिने भएकाे हाे ।  भने ‘विद्यालयको योजना छनोट राष्ट्रपतिबाट !’ शीर्षकको अर्को समाचारलाई दोस्रो प्राथमिकता दिएको छ । समाचारमा लेखिएअनुसार सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारको योजना छनोटमा राष्ट्रपतिलाई सक्रिय गराउने भएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन गरिने समाचार छापेको छ ।

कारोबार दैनिकमा देशभर ९६ पुल अलपत्र परेको खबर छ । निर्माण व्यवसायीको लापरवाहीले देशभर बन्न लागेको ९६ पुल अलपत्र परेका छन् । सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब २ हजार ९१ वटा पुलमध्ये निर्माण व्यवसायीको लापरवाहीका कारण ९६ वकटा पुल अलपत्र अवस्थामा पाइएको छ ।

नागरिक दैनिकमा नेकपाको केन्द्रमा नवनियुक्त उपाध्यक्ष वामदेव गौतम पुगेको खबर छापेको छ । संगठन विभाग नेतृत्व गर्दै आएका गौतम उपाध्यक्षको जिम्मेवारी पाएपछि थप शक्तिशाली भएको खबर छ ।

नेपाल समाचार पत्रले कारोना भाइरसको कारण चिनियाँ पर्यटक आउने क्रम रोकिएपछि अब मध्य र पूर्वका पर्यटक बढाउन त्यता प्रचार पनि बढाउन व्यवसायीले सुझाव दिएको खबर छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *