ताजा समाचार

हनुमान जयन्तीको अवसरमा वीरगञ्जको छपकैया क्षेत्र तनावग्रस्त

वीरगञ्ज । हनुमान जयन्तीको अवसरमा वीरगञ्जको छपकैया चौक अगाडी झड़प भएको छ ।

हिन्दू समुदायको जुलुसमाथि वीरगञ्जको छपकैया क्षेत्रमा पथराव भएपछि दुबै पक्षबीच झडप भएको छ । झडपको क्रममा ज़ाइज़ बिरयानी र अन्य केही पसलमा आगजनी भएको छ ।

स्थानीयहरूका अनुसार, धार्मिक र्‍यालीमा घरको छतबाट ढूँगा फालेपछि उत्पन्न तनाबका कारण केही समूहबीच विवाद चर्किएको थियो, जसले उग्र रूप लिएर आगजनीमा परिणत भयो । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ ।

स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न सर्वसाधारणलाई संयमित रहन आग्रह गरेको छ । झडपकाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *