देश

कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्ने कृषिमन्त्री अधिकारीको विश्वास

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन् ।

किसान आयोगको ८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज कृतिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए।

अहिले पनि धेरै परिवार कृषिमा लागेका भएपनि ठुलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको उल्लेख गर्दै उनले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताए । बिहान र बेलुका आयातित भन्दा आफ्नै उत्पादन प्रयोग गर्ने सङ्कल्प सबैले गर्न जरुरी रहेको र यसका लागि तिनै तहका सरकारको सामूहिक प्रयास जरुरी उनको तर्क छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *