काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बुद्ध शान्ति गाउँपालिका–४ घर भइ काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई शान्तिनगरबाट पक्राउ गरेर थप अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
यो सँगै त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
गत बुधबार सहकारी ठगी प्रकरण मुद्दामा सभापति रवि लामिछानेको बहस सकिएपछि बाहिर निस्कने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेका थिए ।