खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सफल शल्यक्रिया


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको शल्यक्रिया भएको छ। बुधबार काठमाडौंस्थित सिल्भरलाइन हस्पिटलमा हर्नियाको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रबन्धक डाक्टर अभिषेकराज सिंहले जानकारी दिए।

सन्दीप लामिछाने हालै सम्पन्न जय ट्रफी इलाइट कपमा वाग्मती प्रदेशको कप्तानी सम्हालेका थिए। उनी पछिल्लो समय राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य रहँदै आएका छन्। शल्यक्रिया सफल भएको र सन्दीपको स्वास्थ्यमा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *