देश

काठमाडौंबाट नियन्त्रणमा लिएको चितुवा पठाइयो चिडियाखाना

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट उद्धार गरिएको चितुवालाई संरक्षणका लागि चिडियाखानामा पठाइएको छ । बिहीबार बिहान बूढानीलकण्ठ नगरपालिकाको भंगालमा एउटा चितुवा फेला परेको थियो । प्रहरीले सो चितुवालाई नियन्त्रणमा लिएर चिडियाखाना पठाएका हुन् । सो चितुवालाई नियन्त्रणमा लिएर चिडियाखानामा संरक्षणका लागि पठाइएको काठमाडौँ प्रहरीले जनाएको छ । सो चितुवा देखेपछि प्रहरी कार्यालय काठमाडौँले प्रहरीले डिभिजन वन कार्यालय काठमाडौंमा सम्पर्क गरेको थियो। चितुवालाई ‘डार्ट’ गरी बेहोस बनाइएको थियो। त्यसपछि नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिएको वयस्क भाले चितुवा रहेको छ । प्रारम्भिक उपचारको क्रममा चितुवा बिरामी देखिएको र चिडियाखानामा उपचार हुने समेत काठमाडौं प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *