राजनीति

सरकारको नेतृत्वमा रहेका राजनीतिक दलहरुदले बाध्यतावस संघीयता स्वीकारेः मुख्य न्यायाधिवक्ता महतो

काठमाडौं । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले मुलुक एकात्मक शासन व्यवस्थाभन्दा माथि उठ्न नसकेको बताएका छन् ।

मुख्य न्यायाधिवक्ता महतोले संघ सरकारले प्रदेश सरकारलाई नियतवस हक हस्तान्तरण गर्न नसकेको उल्लेख गर्दै उनले संविधानले प्रदेश प्रशासनको नियन्त्रण प्रदेश मातहत रहने व्यवस्था गरेको भएपनि कार्यान्वयनमा आउन नसकेको बताए ।

संघीयताको सफल कार्यान्वयनका लागि संघ सरकारले अहिले पनि हिच्किचाइरहेको उनको भनाइ छ । प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनमा नआउँदा प्रदेशको शासन व्यवस्था संघ सरकारकै नियन्त्रणमा रहेको उनी बताउँछन् ।

उनले प्रमुख जिल्ला अधिकारी, निजामती प्रशासन लगायतलाई अहिले पनि संघ सरकारकै नियन्त्रणमा राखिएको बताए । उनले सरकारको नेतृत्वमा रहेका राजनीतिक दलहरुदले वाध्यतावस संघीयता स्वीकारेपनि एकात्मक शासन व्यवस्थाको मनोभावबाट देश चालाइरहेको जिकिर गरे ।

मधेस आन्दोलनकै कारण मुलुकमा संघीयता आएको दाबी गर्दै उनले संघीयताको सफल कार्यान्वयनको लागि प्रदेश सरकारको अधिकार सुनिश्चित गर्न जरुरी रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *