देश

घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गर्न शुरू गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ ले वडा भित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबार देखि घरमै पुगेर उपलब्ध गराउन शुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

“वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दा सँगै घरमै मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउन शुरू थालेको हो,” उनले भने, “अब देखि मृत्यु दर्ताका लागि कोही वडा कार्यालय सम्म धाउनुपर्दैन ।”

वडा बाट नागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई थप सहज बनाउन कार्यालयले यस्तो निर्णय गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । “वडाले पहिलो पटक कार्यालयले बुङ्कोट स्थित गरन्जा गाउँका मृतक लिलाबहादुर थापाको परिवारलाई शुक्रबार घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरेको हो,” उनले भने, “अब देखि नियमित रूपमा मृत्यु दर्ता घरघरमा उपलब्ध गराउनेछौँ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *