विश्व

दुर्घटनाग्रस्त अमेरिकन विमानमा चालकदलसहित ६४ यात्रु, उद्धार जारी

काठमाडौँ । अमेरिकाको वाशिंगटन, डीसीमा रेगन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा विमान दुर्घटना भएको छ ।

मिडिया रिपोर्टका अनुसार अमेरिकन एयरमा ६० यात्रु ४ चालक दलका सदस्य रहेको बताइएको छ । यात्रुबाहक विमान अवतरण गर्नेक्रममा आर्मीको हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको बताइएको छ । सामाजिक संजालमा पोष्ट गरिएको भिडियोमा अवतरण गर्नेक्रममा रहेको विमानमा हेलिकप्टर आएर ठोक्किएको र आकाशमै ठुलो आगो देख्न सकिन्छ । हेलिकप्टरमा कति जना थिए भन्ने स्पष्ट भएको छैन ।

अहिले पोटोम्याक नदीमा दुर्घटनाग्रस्त विमानको राहत र उद्धार जारी रहेको अमेरिकन मिडियाले उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *