देश

सबै दलको सहमतिमा अध्यादेश पारित गरिन्छ : शङ्कर पोखरेल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सबै राजनीतिक दलसँगको सहमतिमा अध्यादेश पारित गरिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबै संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलको सहयोगमा हालै जारी भएका अध्यादेश पारित हुने विश्वास व्यक्त गरे ।

सदनको बैठक नभएकाले बाध्यात्मक परिस्थितिमा अध्यादेश जारी गर्नुपरेको स्पष्ट गर्दै महासचिव पोखरेलले देशको अर्थतन्त्रमा उत्पन्न समस्या समाधानका साथै अन्य राष्ट्रिय विषयलाई सम्बोधन गर्न अध्यादेश जारी गरिएको उनको ठम्याई छ ।

सरकारले हालै सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश जारी गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *