
नवलपरासी । यहाँको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) लाई लागुऔषध कारोबारमा अदालतले दोषी ठहर गरेको छ ।
जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुई जनालाई दोषी ठहर गरेको हो ।
गुप्तासहित दोषी ठहर हुनेमा नगर प्रहरी रघुनाथप्रसाद धोबी पनि रहेका छन् । उनी भने २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले रामा गुप्ता र जितेन्द्र पासवानलाई भने सफाइ दिएको छ ।
अध्यक्ष गुप्तासहित धोबी दोषी ठहरिए पनि सजाय निर्धारणको लागि फागुन २९ गते पेशी तोकिएको छ ।