देश

रिंकु सदाय मृत्यु प्रकरण : वडा सदस्य साहसहित ५ जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा सम्बन्धित चार व्यक्ति र एक वडा सदस्यलाई पक्राउ गरिएको छ। वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र एक अज्ञात व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्राप्त जानकारी अनुसार, रिंकु २७ माघमा शौच गर्न बाहिर निस्कदा सामूहिक बलात्कारको शिकार बनेकी थिइन्। उक्त घटना दबाउन वडा सदस्य साहसहितका व्यक्तिहरू गाउँमै पञ्चायत बसेर पीडित परिवारलाई दबाब दिए । पञ्चायत बसेको केहि घण्टामै माघ ३० मा रिंकु घरमै मृत फेला परेकी थिइन् ।

डिएसपी वीरेन्द्र पासवानका अनुसार, पक्राउ गरिएका व्यक्तिहरूलाई हाल कार्यालयमा ल्याइँदै छ, विस्तृत विवरण पछि उपलब्ध गराइनेछ।

इलाका प्रहरी कार्यालयले सुरुमा बलात्कार आरोपी तीन जनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडी बढाएको थियो । तर सामूहिक बलात्कारको रहस्य खुलेपछि पूरक उजुरी परेको छ ।पीडित परिवारले सामूहिक बलात्कारका तीन आरोपी र पञ्चायतमा संलग्न व्यक्तिहरूलाई जाहेरी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *