
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले निर्वाचन आयोग विरुद्धको मुद्दा जितेकी छिन् । सांसद बन्न योग्यता सम्बन्धी विवादमा निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतल रिट दायर गरेकी थिइन् ।
२ वर्षअघि दायर गरेको रिटको अन्तिम सुनुवाई गर्दै न्यायाधीश डा.मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले उनी सांसद उम्मेदवार बन्न योग्य रहेको ठहर गरेको हो । निर्वाचन आयोगले कार्की उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उम्मेदवारी खारेजीको निर्णय गरेको थियो । तर सर्वोच्च अदालतको स्टेअर्डर पछि उम्मेदवारी कायम भएसँग उनले ललितपुर ३ बाट निर्वाचन समेत जितेकी थिइन् ।
यो फैसलासँगै तोसिमाको सांसद पदमाथि उठेको योग्यतको प्रश्न खारेज भएको छ।