
काठमाडौँ । दुर्गा प्रसाईले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
सामाजिक सञ्जालमा लेख्दै सचिवालयले प्रसाईले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताएको छ ।
सचिवालयले भनेको छ- ‘अहिले २ घण्टा अगाडी हाम्रा अभियानका सयोजक श्री दुर्गा प्रसाईंले आफ्नो सुरक्षाको लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ, हिजो मात्र हामिले भिडियो मार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौ भनेका थियौ र आज उपस्थित भयौ ! जय देश जय रास्टवाद !!
बुधबार भिडियो मार्फत ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने भनेको र आज उपस्थित भएको सचिवालयको भनाइ छ ।
राजावादी आन्दोलनका जनकमाण्डर रहेका प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको आरोप छ, उनले आफैँले गाडी चलाएर प्रहरीलाई किच्नेशैलीमा पेलेर प्रहरीको निषेधाज्ञा तोडेका थिए । त्यसपछि तिनकुनेको अवस्था तोडफोड, आगजनी र लुटपाटमा परिणत भएको थियो । घटनालगत्तै फरार भएका उनी भारत भागेका थिए ।