देश

बुटवलमा एक युवतीमाथि गोली प्रहार

बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।

बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान करिब साढे ९ बजे टिका विष्टलाई गोली प्रहार भएको हो ।

हाल बुटवल ११ बुद्ध नगर बस्दै आएकी पाल्पा रैनादेवी छहरा घर भएकी विष्टको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले उनको हाल लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र गोली किन र कसले हानेको भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *