
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला स्विटजरल्यान्डमा ‘हनिमुन’ मनाउँदैछन् । गर्लफ्रेन्ड जिया केसीलाई लिएर एक साताअघि युरोप पुगेका उनी रिल्याक्स मुडमा देखिएका छन् । नेपाली चलचित्र क्षेत्रमा विवादै विवादको घर बसाएर भुवनको हनिमुनलाई लिएर चलिचत्रकर्मी आक्रोशित बनेका छन् । दुई दुईवटा श्रीमती सँगै राख्न नसकेका भुवनले ६५ वर्षको उमेरमा जिया केसीलाई गर्लफ्रेन्ड बनाएर घुमघाममा समय बिताउने गरेका छन् ।
यही बेला उनको छोरा अभिनेता अनमोल केसी पक्राउ गरेका छन् । अनमोल पक्राउ परेको घटनाले चलचित्र क्षेत्र नै तरंगित बनेको छ। हिरासतकै अवस्थामा उनी स्वास्थ्यका कारण अस्पताल भर्ना भएका छन्।निर्देृशक सुदर्शन थापाले हालेको उजुरीका कारण अनमोल पक्राउ परेका छन् ।
पक्राउ पर्नुभन्दा दुई दिनअघि नै अनमोलले उच्च अदालत पाटनबाट निषेधाज्ञाको आदेशसमेत लिएको खुलेको छ। देवानी लेनदेन वा देवानी दायित्वका विषयमा प्रहरीको क्षेत्राधिकार नहुने भन्दै कायम मुकायम मुख्य न्यायधीश महेश शर्मा पौडेलको इजलासले पक्राउ नगर्न आदेश दिएको उच्च अदालत पाटनले जनाएको छ। देवयानी संहितामा मुद्दा पर्ने अनुमानसहित अनमोलले निषेधाज्ञा आदेश लिएकोमा वादीतर्फ सुदर्शन थापा र सुप्रिया कटुवालले फौजदारीतर्फ मुद्दा हालेपछि उनलाई उपत्यका अपराध अनुन्धान कार्यालय काठमाडौंको टोलीले पक्राउ गरेको हो। उनलाई भक्तपुरको साँगाबाट नियन्त्रणमा लिइएको हो।
अनमोलविरुद्ध निर्देशक सुदर्शन थापाको प्रोडक्सन कम्पनीका तर्फबाट निर्माता अर्थात् सुदर्शनकी श्रीमती सुप्रिया भनिने चन्द्रकला कटुवालले आपराधिक बिश्वासघातमा उजुरी दिएकी हुन्। फिल्म निर्माण कम्पनीका अनुसार अनमोलले खेल्ने भनेको फिल्म रावायणमा अभिनय नगर्ने भनेकाले लगानी धरापमा परेको र दशैंको मुखमा ६५ जना प्राविधिकसमेत अलपत्र परेको उजुरीकर्ताको दावी छ। प्रहरीले यसलाई फौजदारी कसुर मानेर आइतबार अदालतमा अनुसन्धानका लागि म्याद थप गर्न उपस्थित गराउने तयारी गरेको छ।
छोरा पक्राउ परेलगत्तै भुवन स्वदेश फर्कने तयारी गरेका छन् । उनी आइतबार नेपाल आइपुग्ने बुझिएको छ । नेपाली चलचित्रमा बदलाको भावना भुवन केसी चलचित्र विकास बोर्डमा आएदेखि सुरु भएको हो । आफ्नो छोराको चलचित्र चलाउन जे पनि गर्ने, छोराका प्रतिस्पर्धी अभिनेताको चलचित्र रिलिजमा भुवनले विभिन्न बाधा व्यवधान गर्दै आएका छन् । जानीबुझीकनै भुवनले अन्य निर्माताको चलचित्रमा लफडा झिक्ने गरेकाले कलाकार निर्माता दिपकराज गिरीले एकपटक फेसबुकमा लेखेका थिए– ‘यो मान्छे विकास बोर्डमा आएदेखि लफडैलफडा छ ।’
एमालेमा आफ्नो भविष्य नदेखेपछि कांग्रेस प्रवेश गरेर चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ति पाएका भुवनकै कारण अहिले नेपाली चलचित्र बजार सुस्ताएको देखिएको छ । चलचित्र बन्नै छाडेका छन् ।