काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी ५० लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सोही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा भएको थिए । पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्वक खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए ।
नेपाल सरकारका तर्फबाट ६ जना सरकारी वकिल र जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए । लामिछानेसहित जोशीविरुद्ध बुटवल, चितवन र पर्सा जिल्लामा समेत अनुसन्धान हुनेछ ।