देश

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

यसअघि सोमबार मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गर्दै उक्त सिफारिस राष्ट्रपतिलाई पठाएको थियो । नेपालको संविधानअनुसार संसद्को अधिवेशन अन्त्य र आह्वान गर्ने अधिकार राष्ट्रपतिलाई छ, तर यो कार्य सरकारको सिफारिसमा मात्र सम्भव हुन्छ ।

संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते नै समाप्त भएको थियो । त्यसपछि लामो समय संसद् नबसेको कारणले सरकारले आलोचना खेप्दै आएको थियो । यो अवधिमा सरकारले केही अध्यादेश पनि ल्याएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *