
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले र कांग्रेसबीच गठबन्धन भएको सरकारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असंवैधानिक र अप्राकृतिक भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा महामन्त्री शर्माले एउटै धारा र उपधाराबाट कांग्रेसकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा प्राकुतिक र ओली प्रधानमन्त्री हुँदा अप्राकृतिक कसरी हुन्छ ? भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गर्दै समाजमा अशान्ति पैदा गर्ने किसिमको अभिव्यक्ति दिदैँ फेरि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि महामन्त्री शर्माले प्रचण्डलाई सो प्रश्न गर्दै जवाफ माग गरेका हुन् ।
प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा मात्रै नभइ संसद्को रोष्ट्रमबाट समेत सोही कुरा बारम्बार दोहो¥याएपछि महामन्त्री शर्माले प्रचण्डलाई सो प्रश्न गरेका हुन् । आजको सो बैठकमा महामन्त्री शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुई महत्वपूर्ण प्रश्न गरे । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै शर्माले काँग्रेसले आफूलाई प्रधानमन्त्री बनाउँदा संवैधानिक हुने, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउँदा कसरी असंवैधानिक भयो ? भन्दै प्रश्न गरेका हुन् ।
महामन्त्री शर्माले संविधानको एउटै धाराबाट काँग्रेसको समर्थनमा पहिले प्रचण्ड र अहिले एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेकोमा पहिले संवैधानिक र अहिले असंवैधानिक नहुने धारणा राख्दै सत्ताको कुर्सी पाउनका लागी प्रचण्डले यस्तो अभिव्यक्ति दिदैँ आएको समेत स्पष्ट पारे ।
सत्तामा बसेर जादुको छडी भन्दै बारम्बार सरकार ढाल्दै आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ता ढाल्ने दाउमा मोर्चाबन्दी गर्दै कांग्रेस र एमाले सरकारले गरेका सकरात्मक कामलाई समेत नकरात्मक भएको भन्दै हल्ला पिट्दै आएका छन् । वर्तमान कांग्रेस एमालेको गठबन्धन सरकारले मुल्याङकण गर्न लायक काम समेत गरेको छ ।
यस्तै महामन्त्री शर्माले प्रचण्डको धारणालाई आवेगात्मक अभिव्यक्तिको संज्ञा दिँदै अध्यादेशको सन्दर्भमा समेत स्पष्ट धारणा राखेका छन् । गत वैशाखमा संसद बैठक बस्नुभन्दा एक साताअघि प्रचण्ड नेतृत्वको सरकारले लगानी सहजीकरण अध्यादेश ल्याउँदा सकारात्मक हुने तर अहिले कसरी नकारात्मक भयो ? महामन्त्री शर्माले प्रश्न गरे ।
संसद छलेर अघिल्लो वैशाखमा अध्यादेश ल्याउने माओवादी र रास्वपा सांसदहरुले अहिले अध्यादेशको विरोध गर्न नैतिकरुपमा कसरी मिल्छ ? माओवादी र रास्वपालाई कांग्रेस र एमाले गठबन्धन सरकारले प्रचण्डले लुकाएको सहकारी ठगी प्रकरणमा अनुसन्धान अघि बढाएपछि रिस उठेको छ ।
यस्तै प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष सामाजिक संजाल टिकटकमा प्रतिबन्ध लगाएपछि वर्तामान गठबन्धन सरकारले टिकटक सामाजिक संजाललाई संचालनमा ल्याएको छ । सो समयमा प्रचण्ड नेतृत्वको सरकारको चौतर्फी विरोध भएको थियो । तर कांग्रेस र एमाले नेतृत्वले प्रतिबन्ध लगाइएको समाजिक संजाल टिकटक संचालनमा ल्याएपछि ओली नेतृत्वको सरकारले प्रशंसा पाएको छ ।
अहिलेको सरकारले सामाजिक संजाल नियमन विद्येयक ल्याएको छ । सो विद्येयक सरकारले बोल्ने अभिव्यक्ति बन्द गर्न ल्याएको होइन् । सामाजिक संजाललाई संस्कारी र नीति र नियममा रहेर संचालनमा ल्याउनका लागि सो विद्येयक ल्याएको हो । तर माओवादी, रास्वपा लगायत विपक्षी दलहरुले विरोध जनाइरहेका छन् । तर ती दलहरुले सामाजिक संजाल विद्येयकका बारेमा राम्ररी नबुझेर विरोध गरेको भन्दै सरकारले सो विद्येयक स्वतन्त्रताको अधिकार हनन् गर्न ल्याएको नभई सत्य ,तथ्य र मर्यादित रुपमा संचालन गर्न संस्कार सिकाउन ल्याएको बताएको छ ।