देश

हिमाल नाङ्गिएकोप्रति सभापति देउवा चिन्तित, सचेतना अभियान सञ्चालन गर्न आग्रह

ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू नांगिएको प्रति चिन्ता व्यक्त गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएको प्रति गुनासो गरेका हुन्।

उनले जलवायु परिवर्तनले नाङ्गो भएका हिमालहरु कसरी जोगाउने भन्ने बारेमा गैरसकारी संस्थाहरुले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनको समस्या नेपालमा दिनप्रतिदित बढ्दै गएको बताए।

सभापति देउवाले भने, ‘हाम्रा हिमालहरु नाङ्गिरहेका छन्। गैरसरकारी संस्थाहरुले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि नीतिगत पैरवी गर्न आवश्यक छ। अहिले क्लाइमेट चेन्जले पनि धेरै समस्या पारेको छ। यससम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु।’

सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसकारी संस्थाहरुले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। मानव अधिकार, सुशासन, समावेशिता लगायतका विषयमा गैरसकारी संस्थाहरूले प्रभावकारी काम गर्दै आएको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *