
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख १७ गते, बुधबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा दिउँसो १ बजेका लागि तय गरिएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई समयमै उपस्थित हुन निर्देशन दिइएको छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठन, नीति तथा रणनीति लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।