खेलकुद

केपी ओली कप फुटबल प्रतियोगिताको तयारी पुरा १० टिमले भाग लिदै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक युवा संघले सबै तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म हुनेछ । केपी ओली अपको लाइभ कान्तिपुर टिभि म्यक्सबाट हुनेछ ।

प्रतियोगिताको सुरुआती खेल र क्वाटरफाइनल खेल सातदोबाटोस्थित एन्फाको मैदानमा हुनेछ । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछ । तेस्रो संस्करणमा ए डिभिजन क्लबहरूसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *