खेलकुद

च्याम्पियन्स लिग प्लेअफमा ब्रेस्टमाथि पिएसजीको सहज जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको प्ले अफ खेल अन्तर्गत पीएसजीले ब्रेस्टलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ओसुमान डेम्बेलेले २ गोल गरेका थिए भने भिटिन्हाले एक गोल गरेका थिए ।

योसँगै पिएसजीले पहिलो लिगमा ३-० को अग्रता हासिल गरेको छ । अब दोस्रो लिग फेब्रुअरी २० मा हुने छ । यस खेलको विजेता क्लब च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *