देश

स्काभेटर दुर्घटनामा घाइते भएका चालकलाई नेपाली सेनाको हेलिकप्टरमा उद्धार

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गा जोड्ने महाकाली लोक मार्गअन्तर्गत महाकाली नगरपालिका–५ मा स्काभेटर दुर्घटनामा परी घाइते भएका चालक रेशम बुढामगरको नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।

चालक बुढामगरलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि कैलालीको धनगढी लगिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । उनको खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको जिल्ला अस्पतालले जनाएको छ ।

सडक विस्तार गर्ने क्रममा सुक्खा पहिरो खस्दा चालक बुढामगर घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी लगिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *