अर्थ

नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव : आयल निगम १० अर्ब नाफामा

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै भट्टले यस्तो बताएका हुन् । निगमले समयमा नै आन्तरिक तथा अन्तिम लेखा परीक्षण कार्य सम्पन्न गरिसकेको छ । निगमका कार्यकारी निर्देशक भट्टले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको बताए ।

स्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणाली लागू भएसँगैँ निगमको आर्थिक अवस्था सुदृढ भएको भट्टको दाबी छ । उनले भने,‘सिनामंगल डिपो स्थानान्तरणको काम शुरू भएको छ । मुलुकका अन्य क्षेत्रमा पेट्रोलियम भण्डारण गृहको निर्माण कार्य सुरु गर्न लागिएको छ ,भट्टले भने । पेटोलमा इथानोल मिश्रण गर्ने कार्यका लागि कार्यविधि तयार गरेर काम शुरू गरिनुका साथै एलपीजीको घरायसी र व्यापारिक मूल्य फरक कायम गर्ने कार्य समेत सुरू गरिएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *