वीरगञ्ज । सिर्सिया स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो ।
गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन १ अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ । कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा ३ अर्ब ७५ करोड २२ लाख राजस्व सङ्कलन गर्यो ।
त्यस्तै, भदौ महिनामा ४ अर्ब ६४ करोड ३० लाख, असोज महिनामा ४ अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा ३ अर्ब ७९ करोड २९ लाख राजस्व सङ्कलन गरेको थियो ।
त्यस्तै, मङ्सिर महिनामा ३ अर्ब २२ करोड ८४ लाख र पुस महिनामा ३ अर्ब ५६ करोड २१ लाख राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आर्थिक वर्षको ६ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो ।