देश

लेखा समिति सभापतिका स्वकीय सचिवलाई ५ दिन हिरासतमा राख्न आदेश

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरियाले पाँच दिन हिरासत राख्न अनुमति प्राप्त भएको जानकारी दिए । ‘आज बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् । एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका(५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।सभापति पोखरेलले ठगी प्रकरणमा मुछिएपछि आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *