काठमाडौं । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध काठमाडौं जिल्लामा दर्ता भएको मुद्धाको वहस दुई न्यायाधीसले गर्ने भएका छन् ।
पोखराको सूर्यदशन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्यायाधीस नितिज राईको इजलासले गरेको फैसलामा जिल्ला अदालत कास्कीले पौष २५ गते ६५ लाख धरौटीमा रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस जारी राखेका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा स्वर्णलक्ष्मी सहकारी गठी प्रकरणमा बयान दिन जिल्ला अदालतमा उपस्थित भएका छन् ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा जारी छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन् भने कुमार रम्तेल कास्की कारागारमैँ छन् । सहकारी ठगीका मुख्य नाइके जीबी राई भने फरार सुचीमा रहेका छन् । सरकारले उनको खोजीकार्यलाई तिव्रता दिइरहेको छ ।