काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले राजीनामा दिएका छन् । पीएचडी नसकिँदै डाक्टर लेखेर नियुक्ति लिएपछि उनी विवादमा तानिएका थिए ।
पीएचडी पूरा नहुँदै नाममा डाक्टर थपेर उनले सह–परीक्षा नियन्त्रकका लागि आवेदन दिएका थिए । उनले मानविकी संकायबाट पीएचडी गरिरहेका छन् ।
भाइबा सकिए पनि उनले थेसिस बुझाएका छैनन् । थेसिसमा त्रुटि देखिएपछि सच्याउन उनलाई ६ महिनाको समय दिइएको स्रोतले जनाएको छ ।