काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा निकै महत्त्वपूर्ण भुमिका खेलेको अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसँग लण्डनमा आज बुधबार भेटवार्ता गरेका छन् ।
भेटवार्तामा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्गयाउन सुझाव दिएका छन् ।
कोइरालासँगको भेटवार्तामा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताएका छन् ।
तत्कालीन समयमा बिद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उनको जोड थियो ।