काठमाडौँ । बलिउड अभिनेता सैफ अली खान खतरामुक्त भएका छन् । गएराती आफ्नै घरमा आएका चोरसँग भएको मुठभेडमा सैफ घाइते भएका थिए ।
६ ठाउमा चक्कु प्रहार भएका सैफलाई गएराती नै मुम्बईस्थित लिलावती अस्पतालमा लागिएको थियो । अस्पतालले जारी गरेको अपडेटमा सैफ अली खानलाई शल्यक्रियाबाट बाहिर निकालिएको र खतराबाट बाहिर रहेको उल्लेख छ ।
उनको स्वास्थ्यमा सुधार भइरहेको र डाक्टरहरूले उनलाई निगरानी गरिरहेको अस्पतालले जनाएको छ । सैफको शल्यक्रिया डा. नीरज उत्मानी, डा. नितिन डांगे, डा. लीना जैनको टिमले गरेका थिए ।
यसअघि समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै एक व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरेको र पहिले उनको घरेलु कामदारसँग झगडा गरेको तर, जब सैफ अली खानले हस्तक्षेप गर्न खोजेपछि चोरले चक्कुले आक्रमण गरेका थिए ।
सैफ अली खानलाई छोरी सारा र छोरा इब्राहिम मुम्बईको लीलावती अस्पताल पुगेर भेट गरेका छन् । अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, बिहान करिब २.३० बजे सैफ अली खान र उनकी श्रीमती करीना कपूरको बान्द्रास्थित घरमा चोर पसेको उल्लेक छ ।